Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखामा गएको ६ महिनामा करिब ६ हजार सवारी कारवाही पर्यो


3.6K
Shares

गोरखामा गएको ६ महिनामा करिब ६ हजार सवारी कारवाही पर्यो

गोरखा, २ माघ । गोरखामा सवारी नियम बिपरीत सवारी साधन चलाउने करिब ६ हजार सवारी चालक र त्यसका धनीहरु कारवाहीमा परेका छन् ।

आर्थिक बर्ष २०८१÷०८२ को साउनदेखी पौष मसान्तसम्म कुल ५ हजार ८३५ सवारी चालक र त्यसका धनीहरुलाई कारवाही गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब निरिक्षक तारापती अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारवाहीमा सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने, प्रयोजन विपरीत सवारी सञ्चालन गर्ने र लामो समयसम्म सवारी साधन नविकरण गर्नेहरु बढी कारवाहीमा परेका छन् । यो छ महिनामा ति सवारी साधनहरुलाई कारवाही गर्दा ५४ लाख १२ हजार १ रुपैयाँ राजश्व संकलन भएको छ ।

अघिल्लो बर्षको सोही अवधीमा ५ हजार ८४ वटा सवारी कारवाहीमा पर्दा कार्यालयले ३७ लाख ७३ हजार राजश्व संकलन गरेको पनि तथ्यांकमा देखिन्छ ।

यो आर्थिक बर्षको मंसिर महिनामा सबैभन्दा बढी सवारीहरु कारवाहीमा परेका छन् । मंसिर महिनामा मात्रै १ हजार १६६ सवारी साधन कारवाहीमा पर्दा १० लाख ३६ हजार ५०१ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसै आर्थिक बर्षको भाद्र महिनामा सबैभन्दा कम ८७४ सवारी साधन कारवाहीमा पर्दाभने ७ लाख ७८ हजार राजश्व संकलन भएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

कारवाहीमा परेका मध्ये २ हजार ७६१ वटा मोटरसाइकल, १ हजार २७२ वटा कार–जिप, ७४९ वटा ट्रक–टिपर, ६६३ वटा बस र ३७६ वटा ट्याक्टर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology