Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा सेवा समाज नेपालद्वारा अक्षय कोषको रकम हस्तान्तरण


1.1K
Shares

गोरखा सेवा समाज नेपालद्वारा अक्षय कोषको रकम हस्तान्तरण

गोरखा २२ पुस । गोरखा सेवा समाज नेपालले शैक्षिक संस्थाहरुमा स्थापना गर्ने भनिएको अक्षय कोषको रकम आज हस्तान्तरण गरेको छ ।

संस्थाले सदरमुकाममा एक कार्यक्रम गरी जिल्ला भित्रका ८ वटा शैक्षिक संस्थाहरुलाई रकम हस्तान्तरण गरेको अध्यक्ष गणेश बहादुर बानियाँले जानकारी दिनुभयो ।

संस्थाले आइतबार ८ शैक्षिक संस्था मध्य ५ वटालाई रकम हस्तान्तरण गरेको संस्थाका सचिव सुरेन लामिछानले बताउनुभयो । उहाँका अनुसार ति सबै शैक्षिक संस्थाहरुलाई जनही ५० हजारका दरले रकम हस्तान्तरण गरेको हो ।

समाजको पौष १३ गते बसेको कार्य समिति बैठकले जिल्ला भित्रका ८ वटा शैक्षिक संस्थाहरुलाई शैक्षिक स्तर र बृत्ति बिकासका लागि जनही बिउ पूजीको रुपमा ५० हजारका दरले बितरण गर्ने निर्णय गरे बमोजिम आज चेक हस्तान्तरण गरिएको कोषाध्यक्ष रिक्त बहादुर बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पहिलो चरणमा धनसिरा मावि, अजिरकोट गाउँपालिका–१ घ्याच्चोक, जनशक्ति मावि, शहिद लखन गाउँपालिका–९, नामजुङ र त्रिभुवन पुस्तकालय, गोरखा नगरपालिका–६, तिनधारेलाइ चेक हस्तान्रण गरिएको छ ।

त्यस्तैगरी, अन्तर ज्योति मावि, बारपाक सुलिकोट गाउँपालिका–६, डाँडागाउँ र तोमन डाँडा मावि, गण्डकी गाउँपालिका–६ भूम्लिचोकबाट आएको स्कुलका प्रअ तथा पुस्तकालयका अध्यक्षलाइ अध्यक्ष बानियाँले चेक हस्तान्तरण गरेका थिए ।

बाँकी रहेको सरस्वती मावि, भिमसेन थापा गाउँपालिका–७, बोर्लाङ, मण्डली मावि, सिरानचोक गाउँपालिका–५ छोप्राक र गोरक्षनाथ बैदिक गुरुकुल बिद्यालय, गोरखा नगरपालिका–६, छहरेलाइ पनि केही दिन भित्रै रकम हस्तान्तरण गरिने गोरखा सेवा समाज नेपालले जनाएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख सल्लाहकार सुशिलबावु श्रेष्ठ कैलासले यो केबल समाजले र शैक्षिक संस्थाहरुको शैक्षिक स्तर र बृत्ति बिकासमा सेतुका काम मात्र गरेको भन्दै आगामी दिनमा यसको उपयोगिताको हिसाबले रकम थप गर्दै जाने बताउनुभयो । संस्थाले यस अघि पनि जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग र कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology