काठमाडौ, २० पुस । बाढीपहिरोबाट क्षति भएको भन्दै ३ महिनामा बीमा कम्पनीहरूमा पौने १३ अर्ब रुपैयाँभन्दा बढी दाबी परेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार असोज दोस्रो साता परेको अविरल वर्षापछि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो प्रभावितले बीमाको रकम दाबी गर्दै निवेदन दिएका छन् ।
निवेदनमा १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो । हालसम्म बीमकहरूले भने दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।
प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले बाँकी रहेका दाबी भुक्तानी भने प्रकृयामा रहेको जानकारी दिनुभयो । प्राधिकरणकाअुनसार सबैभन्दा बढि सम्पत्ति बीमाको ९ अर्ब रुपैयाँ दाबी परेको छ ।