गोरखा, २० पुस । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशको साधारण सभा गोरखामा सम्पन्न भएको छ । संघको गण्डकी प्रदेशको छैंठौं साधारण सभा गोरखा सदरमुकाममा आज सम्पन्न भएको महासचिव प्रदिप खनालले जानकारी दिनुभयो ।
सधारण सभाको पानसमा बत्ती बालेर उदघाट्न गर्दै गोरखा नगरपकालिकाका मेयर कृण्णबहादुर राना मगरले गोरखा नगरपालिकालाई पर्यटन बर्ष घोषणा गनुपूर्व प्रदेशले गोरखामा आएर साधारण सम्पन्न गर्दा खुशी लागेको भन्दै पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको समस्याको बिषयमा बसेर छलफल गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
सो अबशरमा प्रमुख अतिथी राना मगरले नगरपालिकाले पनि केही समय भित्रै गोरखा सदरमुकाममा शैक्षिक मेला आयोजना गर्न लागेको जानकारी दिदै सहकार्य गरेर अगाडी बढ्ने बचन बद्वता ब्यत्त गर्नुभयो ।
साधारण सभाको पहिलो शत्रमा संघका गण्डकी प्रदेश अध्यक्ष कृण्णप्रसाद पोखरेलले प्रदेश भरीका स्थानिय तहहरुले पालिकाकालाई आवश्यक पर्ने स्टेशनरी सामाग्री स्थानिय स्तरमा खरिद गर्न छाडेर बाहिरबाट आयात गरेकोभन्दै सुधार गर्न माग गर्नुभयो ।
उहाँले आफ्ना ब्यवसायी बिच पनि अस्वस्थ्य प्रतिस्पर्धा हुने गरेको गुनासो आएकोभन्दै त्यस्तो कार्य नगर्न र नगराउन समेत पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुलाई अनुरोध गर्नुभयो ।
साधारण सभाको बन्द शत्रमा महासचिव प्रदिप खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ठाकुरप्रसाद शर्माले पेश गरेको आर्थिक प्रतिवेदन सर्व सम्मत रुपमा पास गरीएको नेपाल पुस्तक तथा स्टेशन ब्यवसायी महासंघ गण्डकी प्रदेशले जनाएको छ ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय सदस्य किसान श्रेष्ठ, गण्डकी प्रदेशका सल्लाहकार संयोजक दुर्गा कुमार श्रेष्ठ, गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष लिलाराम गौतम, प्याब्सन गण्डकीका उपाध्यक्ष सिताराम तिवारी, गोरखा जिल्ला अध्यक्ष दामोदर घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
११ जिल्ला रहेको प्रदेशमा ९ जिल्लाका ब्यवसायीहरु सहभागी भएका छन् । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गोरखा शाखाको आतिथ्यतामा सम्पन्न भएको थियो ।