Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने गोरखाका थापा पक्राउ


5.6K
Shares

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने गोरखाका थापा पक्राउ

गोरखा, १८ पुस । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई चितवन भरतपुर महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा भएको प्रहरीले पुष्टी गरेको हो ।

पक्राउ परेका कुलबहादुरले अर्का १ जना साथीको सहयोगमा अमेरिका पठाइदिन्छु भन्दै पीडितहरूबाट ५९ लाख २५ हजार रूपैयाँ ठगी गरी फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले दुबै जनालाई काठमाडौंको सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो । आवश्यक अनुसन्धान तथा कारवाहीको लागि दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीमा बुझाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology