Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

पालुङटार नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविरमा सम्पन्न : ७ सय ८५ जना लाभान्बित


2.1K
Shares

पालुङटार नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविरमा सम्पन्न : ७ सय ८५ जना लाभान्बित

गोरखा, १६ पुस । गोरखाको पालुङटार नगरपालिकामा सञ्चालित बृहत निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ८५ जना विरामीले उपचार सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको दुई दिने शिविरमा बिभिन्न प्रकारका स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

लायन्स क्लब अफ काठमाडौँ दीप सेवाको सहयोगमा भएको शिविरमा उपचार सेवा लिएका मध्ये महिलाको पाठेघरको मुखको क्यान्सर जोखिम पहिचानका लागि गरिएको भिआइए परिक्षणका क्रममा ५ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै शिविरमा आँखाको उपचार गराएका मध्ये ६२ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने पाइएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरमा दाँतहरूको समस्या भएकाहरुको उपचारसहित काम नलाग्ने दाँत निकाल्ने कार्यसमेत गरिएको थियो । त्यस्तै नगरपालिका प्रमुख विवस चिन्तनले बजेटको अभावमा नगरपालिका गर्न नसकेको काम क्लबले गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले स्वास्थ्य शिक्षालगायत सबै क्षेत्रमा काम गर्न तयार रहँदा रहँदै पनि नगरपालिकाले बजेटको अभावले गर्दा पछि परेको अवस्थामा क्बलले बृहत प्रकारको शिविर आयोजना गरेर नागरिकहरूलाई स्वास्थ्य सेवा पु¥याएर महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

समापन कार्यक्रममा नगरपालिकाले शिविर सम्पन्न गर्न सहयोग गर्ने आयोजक तथा सहआयोजक, विभिन्न सहयोगी संघसंस्था एवं स्वयंसेवक सबैलाई नगरपालिकाको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।

शिविरको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले शिविरमार्फत आमनगरपालिकाले प्राप्त गरेको निशूल्क स्वास्थ्य उपचार सेवाको प्रंससा गर्नुभयो ।

शिविरमा पालुङटार नगरपालिका वडा नम्बर ७ सहित तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ र ७ का नागरिकहरुले पनि निशुल्क उपचार सेवा लिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology