Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा नगरपालिकामा भोली अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द


2K
Shares

गोरखा नगरपालिकामा भोली अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द

गोरखा ७ पुस  : गोरखा नगरपालिका गोरखाले प्रदान गर्ने अत्यावश्यक वाहेकका सवै प्रकारको सेवा प्रवाह भोली बन्द हुने भएको छ । नगरपालिकाको चालु आर्थिक बर्ष २०८१÷०८२ अन्र्तगतको हिउँदे नगरसभाको १५ औं अधिबेशन सञ्चालन हुने भएकाले एकदिन नगरपालिकाले प्रदान गर्दै आएका अत्यावश्यक वाहेकका सवै सेवा बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले सूचनामार्फत जानकारी दिनुभयो ।

नगरपालिकाले आज एक सार्वजनि सूचना प्रकाशन गरि सेवाप्रवाह बन्द हुने बारे नगरबासीलाई जानकारी गरिएको हो । नगरसभाका नगरपालिका भित्रका सवै जनप्रतिनिधि र कर्मचारीहरु सहभागी हुनुपर्ने भएकाले अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय भएको उहाँको भनाई छ ।

गोरखा नगरपालिकाको हिउँदे नगरसभा सोमबार विहान ११ बजेका लागि बोलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा सभाको आयोजना गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology