गोरखा, ३ पुस । नेपालकै पहिलो मनकामना केबलकार आज देखी नियमिम रुपमा सञ्चालनमा आएको छ । टावरको नियमित मर्मत सम्भारकालागी दुई दिन केबलकार बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो।
उहाँका अनुसार नियमित मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरीएको हो । केबलकार प्रशासनले पनि सूचना जारी गर्दै टावरको मर्मतका लागी २ दिन बन्द गर्न लागिएको जनाएको थियो ।
मर्मत गरेर पुस ३ गते बुधवार बिहानैदेखि नियमित सञ्चालनमा आएको नायब प्रबन्धक शेरचनले बताउनुभएको छ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले २०५५ साल मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।