गोरखा, १६ मङ्सिर । गोरखा नगरपालिका–५ मा आज भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा ६१ दशमलब ७० प्रतिसत मत खसेको छ । दुई हजार २ सय २५ जना मतदाता रहेको यस वडामा १ हजार ३ सय ७३ मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वाँरास्थित गोरखकाली आधारभूत विद्यालयको मतदान केन्द्रमा ४ सय ५८ मत खसेको छ । कुल ७ सय २४ मतदाता रहेको उक्त मतदान केन्द्रमा २ सय ५५ महिला र २ सय ३ जना पुरुष मतदाताले मतदान गरेका हुन् ।
त्यस्तै अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा ९ सय १५ मत खसेको छ । सो मतदान केन्द्रमा १ हजार ५ सय १ जना मतदाता रहेका थिए । अधिकृत रानाभाटका अनुसार शिवशक्ति आधारभूत विद्यालय ‘क’ र ‘ख’ मतदान केन्द्रमा ५ सय ८२ जना महिला र ४ सय १३ जना पुरुष मतदाताले मतदान गरेका हुन् ।
दुवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । गोरखा नगरपालिका ५ को उपनिर्वाचनमा बिभिन्न ९ वटा राजनीतिक दलबाट ९ जना वडाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् । गतस्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा बिजयी हुनुभएका खिलबहादुर रानाको निधन भएपछि रिक्त रहेकोको वडाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन भएको हो