Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

 सहायक निरीक्षकद्धारा आफैँमाथि गोली प्रहार


2.4K
Shares

 सहायक निरीक्षकद्धारा आफैँमाथि गोली प्रहार

अछाम, १४ मङ्सिर : अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

चन्दले आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।   चन्दले बिहीबार ९ः३० बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका चन्दको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारपश्चात् गरिएको र थप उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखेर भइरहेको छ ।

इलाका प्रहरी कार्यालय कमलबजारका इञ्चार्ज प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको प्रनाउ भण्डारीले बताएउनुभयो   ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology