Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखाको पालुङटार नगरपालिकामा दुई दिने शैक्षिक मेला


2K
Shares

गोरखाको पालुङटार नगरपालिकामा दुई दिने शैक्षिक मेला

गोरखा, १४ मङ्सिर । गोरखाको पालुङ्टार नगरपालिकामा बुधबारबाट शौक्षिक मेला सुरु भएको छ । नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिकाले पहिलो पटक शैक्षिक मेला र प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख पूर्णबहादुर नेपालीले जानकारी दिनुभयो ।

नगरपालिकाले शैक्षिक क्षेत्रमा विद्यार्थीको बौद्धिक र सिर्जनात्मक क्षमता उजागर गर्न र उनीहरुको विभिन्न कौशलहरूको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको उहाँले बताउनुभयो । बुधबार र शुक्रबार पालुङटार नगरपालिका वडा नम्बर ४ स्थित अमरज्योति जनता माध्यमिक विद्यालयमा मेला सुरु भएको हो ।

विद्यार्थीमा रहेका आन्तिरक प्रतिभालाई प्रस्फुटन गराई आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि नगरपालिकाले अनुकूल मंच समेत प्रदान गरेको छ, “उहाँले भन्नुभयो, विद्यार्थीहरूको क्षमता र प्रतिभा पहिचान गरी उनिहरुको आत्मविश्वासको स्तर बढाउनु हो । शैक्षिक मेलामा सहभागी बिद्यार्थीहरुले चित्रकला, विज्ञान प्रदर्शनी, गणितीय खेल र साहित्यिक प्रतियोगितामा सहभागी भएका छन् ।

साथै, विभिन्न शैक्षिक सेमिनार र कार्यशालाहरूका माध्यमबाट शिक्षक र अभिभावकलाई पनि नयाँ शैक्षिक प्रवृत्तिहरू र विधिहरूका बारेमा जानकारी दिइएको छ । मेलाले नगरपालिका क्षेत्रमा समग्र शिक्षा र संस्कृतिको स्तरमा सुधार ल्याउने ठूलो सम्भावना राख्ने प्रमुख नेपाली बताउनुभयो ।

कार्यक्रममा पालुङटार नगरपालिका कार्यालय, शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूको सक्रिय सहभागिता रहेको छ । मेलाको पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology