गोरखा, १२ मङ्सिर । गण्डकी प्रदेशसभाका सभामुख एवं गोरखा क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सांसद कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ ।
सभामुख धितालकी आमा चित्रकुमारी धितालको ८७ बर्षको उमेरमा गएराती निधन भएको परिवारले जनाएको छ ।
भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित आफ्नै घरमै उहाँको निधन भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भीमसेन थापा गाउँपालिका पार्टी समितिका अध्यक्ष सुजन पाण्डे (विनोद) ले जानकारी दिनुभयो ।
स्वर्गिय चित्रकुमारी नेकपा माओवादी केन्द्रको पार्टी समितिका सदस्यसमेत हुनुहुन्थ्यो ।