Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा नेपाल संवत् ११४५  को अवशरमा बाजागाजा सहित नगर परिक्रममा


1.6K
Shares

गोरखामा नेपाल संवत् ११४५  को अवशरमा बाजागाजा सहित नगर परिक्रममा

गोरखा, १७ कार्तिक ।  गोरखा सदरमुकाममा नेपाल संवत् ११४५ को अवशरमा बाजागाजा सहित नगर परिक्रममा गरीएको छ । नेवाः मिसा दवू र नेवाः देय् दवू जिल्ला कार्य समितिको संयुत्त आयोजनामा नेवार जातीको विभिन्न झाँकी सहितको र्यालीले नगर परिक्रममा गरेको हो ।

गोरखा नगरपालिका६ को रानीपोखरी परिषरबाट सुरु भएको बाजागाजा सहितको र्यालीले पदेली, ठुलो आँगन, तिनधारे, गणेशपाटन बजार, पाटेचौर, गोरखा अस्पताल, चालिसे चोक, कालिमाटी बजार, शक्ती चोक, बैंक रोड, पुरानो बसपार्क हुदै पुनः रानीपोखरीमा गएर समापन गरीएको थियो ।

र्यालीमा धिमे बाजा, लाखे तथा अन्य नेवारी बाजा सहित समावेश गरीएको वास् देय् दवू जिल्ला कार्य समिति गोरखा अघ्यक्ष देवीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology