Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओवादी केन्द्रद्धारा गोरखामा युवाहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम


2.5K
Shares

माओवादी केन्द्रद्धारा गोरखामा युवाहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम

 गोरखा,१२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति आयोजनामा गोरखामा आज एक दिने सूचना प्रविधि तथा सामाजिक सञ्जाल सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

गोरखाको माओवादीले पार्टीको आफ्ना विचार तथा कार्यक्रमलाई सामाजिक सञ्जालमार्फत आम जनतासम्म पुर्याउनका लागि विभिन्न पालिकाबाट प्रतिनिधि छनौट गरेर सदरमुकाममा तालिम सञ्चालन गरेको पार्टीका गोरखा जिल्ला समन्वय समितिका इन्चार्ज अमर तमुले जानकारी दिनुभयो तालिममा जिल्लाभित्रका अधिकांश पालिकाबाट पार्टीका युवा नेतृत्वलाई समावेश गरिएको थियो ।

पछिल्लो समय राजनीतिक विचार पार्टीको कार्यक्रम माओवादी नेतृत्वको स्थानीय सरकारले गरेका सकारात्मक कामहरु जनतासम्म पुर्याउनका निम्ति र जनताले पार्टी पार्टीलाई दिने रचनात्मक सुझावमार्फत पार्टीलाई थप जनपक्षीय बनाउदै लैजान सामाजिक सञ्जाल प्रभावकारी हुने भएकाले पालिका भित्रका नेताकार्यकर्तालाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

तालिममा जिल्लाका विभिन्न पालिकाका गरी करिब ७० जना युवा नेतृत्वको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा सूचना प्रविधि सम्बन्धी विज्ञ रोशन ढकालले सूचना प्रविधिको विकास तथा सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमार्फत स्थानीय सरकारले गरेका कामको पर्याप्त प्रचार गर्नसके सुशासन र पारदर्शिताको विकास समेत हुने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा प्रेससेन्टर नेपालका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका इन्चार्ज दिपक श्रेष्ठले राजनीति र सामाजिक सञ्जाल विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले पछिल्लो समय राजनीतिक विचार र दृष्टिकोणलाई आम जनतासम्म पुर्याउने प्रमुख माध्यमका रुपमा सामाजिक सञ्जालको विकास भएकाले त्यसलाई अवलम्बन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जाललाई भरपुर उपयोग गर्न सके आम नागरिकहरुलाई पार्टीको सकारात्मक काम र विचारसँग सजिलै जोड्न सकिने बता हुनुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै पार्टीका जिल्ला इन्चार्ज अमर तमुले सूचना सञ्चार र सामाजिक सञ्जाललाई पार्टीको योजना नीति तथा कार्यक्रम प्रचारप्रसारका लागि महत्वपूर्ण माध्यमका रुपमा अगाडि बढाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । त्यस्तै पार्टीका जिल्ला संयोजक छमबहादुर गुरुङले जिल्लाको सबै स्थानीय तहमा यस्ता खालका कार्यक्रम सञ्चालन गर्ने पार्टीको योजना रहेको बताउनुभयो। कार्यक्रम जिल्ला संयोजक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology