Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मोवाइलमा पैसा छैन तर समस्यामा पर्नुभएको छ भने यसरी पाउनुहोस् निशुल्क रिचार्ज


3.1K
Shares

मोवाइलमा पैसा छैन तर समस्यामा पर्नुभएको छ भने यसरी पाउनुहोस् निशुल्क रिचार्ज

काठमाण्डौं २३, चैत । कोरोना भाईरसका कारण देश लकडाउनमा भएका बेला अत्याबश्यक कामका लागि वि विल राईज फाउण्डेसनले मोवाईलमा व्यालेन्स नभए निशुल्क रिचार्ज गरिदिने भएको छ । । बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध हुन नसकेका बेला फाउण्डेसनले सहयोग स्वरूप एकहजार जनालाई निःशुल्क रू ५० रिचार्ज गरिदिने अभियान थालेको हो ।

यसअघि पनि फाउण्डेसनले लकडाउनले अति जरुरी भएकालाई अवस्था हेरेर हरेकलाई एक सय रुपैया रिचार्जको व्यवस्था गरेको थियो । यससम्बन्धी सूचना सार्वजनिक हुने वित्तिकै देशैभरीका कुनाकाप्चाबाट आफू विभिन्न समस्यामा परेको, आफन्तसँग कुरा गर्न नपाएको, जिरो ब्यालेन्स भएको भन्दै सयौंले रिचार्जका लागि आग्रह गरेको संस्थापक तुलसी कुमार गुरुङले जानकारी दिनुभयो ।

पहिलोचरणमा फाउण्डेशनले संकटमा परेका र अति जरुरी भएका ५०० जनालाई रिचार्जको व्यवस्था गरेको थियो । रिचार्जका लागि फाउण्डेसनले कारण खुलाएर मात्र रिचार्जका लागि अनुरोध गर्नुपर्ने जनाएको छ । मोबाईल रिचार्ज अनुरोधका लागि एसएमएस मार्फत सम्पर्क गर्न सकिने फाउण्डेसनले जनाएको छ । जसका लागि एनटिसीका ग्राहकले ९८२३८७२११५ र एनसेलका ग्राहकले ९८१३२०७४८७ एसएमएस गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology