गोरखा, २८ असोज । नेपालकै पहिलो केबुलकार सञ्चालनमा आएको छ । नेपालीहरुको महान पर्व वडादशैंको अवशरमा २६ र २७ गते बन्द भएको केबुलकार सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
दशैंमा कर्मचारीहरुलाई बिदा भएका कारण शनिबार र आइतकार केबुलकार बन्द गरिएको उहाँले बताउनुभयो । २ दिन बन्द रहेको केबुलकार आज बिहानैदेखी सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
आज १ दिन सञ्चालनमा आएको केबुलकार पुनस् भोलीदेखी मर्मत संभारकालागी ३ दिन बन्द हुने भएको छ । एनालग प्रविधिबाट हालै मात्र डिजिटल प्रणालीमा आएको केबुलकारको नयाँ लठ्ठा झोलिएका कारण ३ दिन बन्द गरेर तन्काउने काम गर्न लागिएको प्रबन्धक शेरचनको भनाई छ ।
२९ गतेदेखी कार्तिक १ गतेसम्म पुनस् बन्द हुने केबुलकार कार्तिक २ गते बिहानैदेखी सञ्चालनमा आउने केबुकार प्रशासनले जानकारी दिएको छ ।
चितवनको चेरेशबाट गोरखाको सहिद लखन गाउँपालिकास्थित नेपालकै पवित्र प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि नियमीत सञ्चालनमा आएको हो ।