Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मनकामना केबुलकार आज र भोली बन्द


1.3K
Shares

मनकामना केबुलकार आज र भोली बन्द

गोरखा,२६ असोज । नेपालकै पहिलो केबुलकार आज र भोली बन्द हुने छ । नेपालीहरुको महान पर्व वडादशैंको अवशरमा आज र भोली केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताउनुभयो ।

दशैंमा सबै कर्मचारीहरुलाई बिदा हुने भएको हुदा २ दिन केबुलकार बन्द गर्न लागिएको उनले जानकारी दिए । २ दिन बन्द रहने केबुलकार २८ गते सोमबार १ दिन सञ्चालनमा आएर पुनस् ३ दिनको लागी बन्द हुने पनि उहाँले जानकारी दिनुभयो ।

द्धदशीमा १ दिन सञ्चालनमा आए पछी ३ दिन केबुलकार मर्मतको लागि बन्द गर्न लागिएको हो । एनालग प्रविधिबाट हालै मात्र डिजिटल प्रणालीमा आएको केबुलकारको नयाँ लठ्ठा झोलिएका कारण ३ दिन बन्द गरेर तन्काउने काम गर्न लागिएको प्रबन्धक शेरचनले बताउनुभयो ।

२९ गतेदेखी पुनस् बन्द हुने केबुलकार कार्तिक २ गते बिहानैदेखी सञ्चालनमा आउने केबुकार प्रशासनले जानकारी दिएको छ । चितवनको चेरेशबाट गोरखाको सहिद लखन गाउँपालिकास्थित नेपालकै पवित्र प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि नियमीत सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology