गोरखा, २३ असोज : पत्रकारको आवरणमा आपराधिक लाभ लिएको अभियोगमा गोरखाका अश्विन दानी पक्राउ परेका छन् । उनीमाथि डर त्रास देखाएर रकम माग गरेको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचन अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आर्चायले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित दानीलाई सोमबार पक्राउ गरिएको हो । नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिनुभएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । पक्राउ परेको दानी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको सचिवालयमा रहेर काम पनि गरिरहेका छन् ।
गोरखा नगरपालिका वडा न ३ नारेश्वर घर दानीले गोरखाका स्थानीय सञ्चार माध्यमहरुमार्फत पत्रकारिता सुरु गरेका थिए । नेकपा एमाले निकट प्रेस चौतारी गोरखाका अध्यक्ष समेत बनेका उनी पछिल्लोसमय रन्जिता श्रेस्तको नागरिक उन्मुक्ति पाट्री निकट पत्रकारका केन्द्रीय अध्यक्ष हुन् ।
यसअघि गत चैतमा मुगा माला सहित पक्राउ परेका उनी धरौटी मा रिहा भएका थिए । उनी अहिले मन्त्री अरुण चौधरीका प्रेस सल्लाहकार हुन । दानीलाई मुद्दासहित जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको प्रहरीले जनाएको छ ।