Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया


1K
Shares

गोरखामा मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

गोरखा, २२ असोज । गोरखामा आँखाका बिरामीको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्र जिल्ला भित्रका बिभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरिएको केन्द्रका प्रशासकीय अधिकृत बिश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

‘‘शिविरमा १३ जना बिरामीको मोतियाबिन्दुको सफल शल्यक्रिया सम्पन्न भएको छ, उहाँले भन्नुभयो,‘‘शल्यक्रिया गरिएका मध्ये ६ जना महिला र ७ जना पुरुष बिरामी रहेका छन् ।’’ केन्द्रले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।

लायन्स सेवा केन्द्रले जिल्ला भित्रका बिभिन्न समुदाय र विद्यालयमासमेत पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधी उपचार तथा चस्मा वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology