Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

झ्याप्ले खोला पहिरोमा परी ज्यान गुमाएका गोरखाका २ परिवारलाई राहात रकम प्रदान


7.4K
Shares

झ्याप्ले खोला पहिरोमा परी ज्यान गुमाएका गोरखाका २ परिवारलाई राहात रकम प्रदान

गोरखा, २० असोज । असोज ११ गते राती झ्याप्ले खोला पहिरोमा परेर ज्यान गुमाएका मध्य २ जनाको परिवारलाई जनही २ लाख ५० हजार राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भोला दाहाल सहितको टोलीले पिडित परिवारलाई आज उक्त रकम बरावरको चेक हस्तान्तरण गर्नुभएको हो ।

गोरखाको लापु बेशीबाट काठमाडौंका लागि गएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको ना। ४ ख २२७० नम्बरको बस उक्त पहिरोमा पर्दा गोरखाका ५ जनाले ज्यान गुमाएका थिए ।

ज्यान गुमाएका मध्य बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार र सोही सवारीका सहचालक गण्डकी गाउँपालिका–४ फुजेलका नवराज अधिकारीको परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

उहाँका अनुसार उक्त रकम मध्य संघीय सरकार मार्फत २ लाख र प्रदेश सरकार मार्फत ५० हजार गरी २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

सोही घटनामा ज्यान गुमाएका धार्चे गाउँपालिका–७ खानिगाउँका चुकबहादुर गुरुङको परिवारलाई दसैं लगत्तै र अर्का नवराज पन्त र विनय भट्टराई बसाई सराई गरी चितवन गएकोले चितवन मार्फत रकम उपलब्ध हुने पनि प्रजिअ दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology