काठमाण्डौं १६, चैत । चैत १८ गतेसम्मका लागि घोषणा गरिएको लकडाउनको अबधी ७ दिन थप हुने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अझै एकहप्ता लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको हो ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै समितिले सरकारलाई सिफारिस गरेको हो ।
मन्त्री परिष्दको आजै बस्ने बैठकले समितिको सिफारिसलाई अनुमोदन गर्नेछ। यस्तै बैठकले विपन्नहरुलाई निःशुल्क राहत वितरण बारे पनि गर्न सरकारलाई सिफारिस गरेको छ।