Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या : आकस्मिक अस्पताल भर्ना


3.2K
Shares

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या : आकस्मिक अस्पताल भर्ना

काठमाडौँ १४ , चैत- दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि गएराती अस्पताल भर्ना हुनुभएको छ । राति मुटुमा केही समस्या भएपछि प्रधानमन्त्री ओली त्रििवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको हो ।

उहाँको मुटुको चाल केही छिटो भएकाले अस्पताल भर्ना गरिएको  प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले बताउनुभयो । प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रा.डा. शाहको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology