Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कोरोनाको त्रासका बिच प्रसुति गृहमा दैनिक एक सय शिशुको जन्म


1.7K
Shares

कोरोनाको त्रासका बिच प्रसुति गृहमा दैनिक एक सय शिशुको जन्म

काठमाण्डौं १४, चैत- मुलुकको एक मात्र परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कुनै कमी नआएको पाइएको छ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण मुलुक लकडाउन भएको बेला यातायातको असुविधा भए पनि प्रसुति गृहमा दैनिक एक सय जना शिशुहरु जन्मने गरेका छन् ।

एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट सुत्केरी हुनेहरु अस्पताल आइरहेकाले अहिले पनि दैनिक झन्डै सय महिलाले शिशुलाई जन्म दिने गरेको अस्पताल निर्देशक डा. जागेश्वर गौतमले बताउनुभयो ।

उहाँले बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामी नियमित जति नै भएको भन्दै अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, सेनिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको जानकारी दिनुभयो ।

कुरुवालाई भीड नगर्न भनिएको र एक बिरामीलाई एक कुरुवा बस्न भनिएको, कुरुवा र बिरामीका लागि हात धुने व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology