गोरखा १२ चैत । कोरोना संक्रमित युवतीसंगै कतार एयरवेजको जाहाज चढेर नेपाल आएका गोरखाका एक युवकलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यहि चैत ४ गते कतार एयरवेज मार्फत नेपाल आएकी १९ बर्षिय युवतीमा कोरोना संक्रमणको पुष्टी भएपछि सोही जाहाजमा आउने अन्य व्यक्तिलाई सम्र्पक गर्न सरकारले भनेपछि गोरखाका यवक पनि सम्र्पकमा पुगेका हुन् ।
गोरखा नगरपालिका वडा नम्बर ५ डण्डीडाडा घर भएका ३८ बर्षिय युवकलाई अहिले घरमै क्वारेन्टाइनमा राखिएको छ । जहाँजमा आएका युवा गोरखाको पनि रहेको खुलेपछि हामीले खोजी ग¥यौं, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी ओमप्रसाद अधिकारीले भन्नुभयो, ‘अहिले उहाँ हाम्रो सम्र्पकमा आइसक्नु भएको छ ।
’ सम्र्पकका आएका युवक हाल काठमाण्डौमा रहेका उनलाई त्यहिको प्रहरी र स्वास्थ्यकर्मीसंग समन्वयमा रहन भनिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । ति युवक कुन देशबाट आएका हुन भन्ने बारेमा भने खुलाइएको छैन । कोरोना भाइरसको संक्रमणमा जोखिम रहने भएकाले सरकारले चैत ४ गते कोरोना संक्रमित युवतीसगै आउने सवै यात्रुलाई सम्र्पकमा आउन आगह गरीरहेको छ । उक्त जाहाजमा २५४ जना यात्रु नेपाल आएका थिए ।