Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बालकुमारी घटनामा दोषी जोसुकै होस् कारवाही गर्छौं : गृहमन्त्री


1.3K
Shares

बालकुमारी घटनामा दोषी जोसुकै होस् कारवाही गर्छौं : गृहमन्त्री

काठमाडौं, १६ पुस । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भएपनि कानुनको दायरामा ल्याएर छोड्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले घटनालाई प्राथमिकतामा राखेर नै सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, बालकुमारी घटनामा समितिले अध्ययन गर्छ। प्रश्न उठेका सबै विषयमा अनुसन्धान हुन्छ। जुनजुन दोषी देखापर्छन् तिनीहरूलाई कानुनको दायरामा ल्याएर छोड्छौं । उहाँले बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षाकर्मी र इपीएस कार्यालय प्रमुखलाई निलम्बन गरिएको दावी गर्नुभयो । उनले यसमा गलत प्रचार नगर्न समेत आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले मृतकका परिवारलाई १० लाख बाहेक मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उहाँले भने,ुमृतकका परिवारलाई १० लाख बाहेक मृतकका परिवारका सदस्य जसले जुन प्रकृतिको रोजगारी गर्न सक्न्छ तिनीहरूलाई व्यवस्था गर्छौं । यसमा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ। सरकारले यसमा व्यवस्था गर्छ । उहाँले घाइतेहरूको निशुल्क उपचार गरिने बताउनुभयो ।

सरकारले बालकुमारी घटनाको वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology