Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कृष्णभिरमा मृत भेटिए कलाकार ढकाल


3.6K
Shares

कृष्णभिरमा मृत भेटिए कलाकार ढकाल

काठमाडौं, ४ मंसिर । कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् । धादिङको बेनिघाट(रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो । त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो ।

ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन् । उनी काठमाडौं बस्ने गर्दथे । उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आएका थिए।

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोचबाट शव सोमबार बाहिर निकालिएको थियो ।

 

‘शवको सनाखत गरियो, परिवारका सदस्यहरू पनि आइसक्नुभएको छ। घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मोबाइल साथैमा रहेछ, निदारमा चोट देखिन्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology