Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विषादी रहित तरकारी खेतिमा किसानको आकर्षण


1.4K
Shares

विषादी रहित तरकारी खेतिमा किसानको आकर्षण

पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा नेपालमा तरकारी खेति र उत्पादनको दर बढेको छ । गतवर्ष २ लाख ८६ हजार ८ सय ६४ हेक्टर जग्गामा तरकारी खेति भएको र ३९ लाख ५८ हजार २ सय ३० मेट्रिक्टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्क छ । तथ्याङ्क मात्रै बढेको छैन, तरकारी खेति गर्ने किसानको आम्दानी पनि बढेको छ ।

जिल्लामा स्थानीय सरकारहरुले व्यावसायिक तरकारी खेती गर्ने किसानका लागि प्राविधिक र आर्थिक सहयोग गर्दै आएका छन् । पछिल्लो समय धेरै जिल्लामा विषादीरहित तरकारी खेतीमा किसानको आकर्षण बढेको छ । गाउँ गाउँमा खुलेका संकलन केन्द्रका कारण तरकारी बेच्न बजार भौतारिनुपर्ने बाध्यताबाट किसानलाई छुटकारा मिलेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ छापका हिरामाया श्रेष्ठले बारीमा साग, लसुन, गोलभेंडा, धनियाँ लगायतका तरकारी लगाउनुभएको छ । उहाँ हरेक दिन बिहान तरकारी बोकेर गाउँमै खुलेको तरकारी संकलन केन्द्रमा आउनुहुन्छ । र फर्कंदा थैलीभरी पैसा लिएर फर्कनुहुन्छ । एक घर एक टनेल अभियान चलेपछि छापमा ८० प्रतिशत भन्दा बढि टनेल बनेका छन् ।

टनेलमा उत्पादन हुने तरकारीमा प्राङगारीक मल प्रयोग गरिन्छ । यसरी उत्पादन भएको तरकारी, संकलन केन्द्रमा जम्मा गरेर बजारिकरण हुँदै आएको छ । संकलन केन्द्रका अध्यक्ष दुर्गामाया श्रेष्ठ संकलन केन्द्रले किसानहरुलाई सजिलो भएको बताउनुहुन्छ । गाउँमा फलेका तरकारी विषादीरहित भएकै कारण बजारमा माग धेरै छ ।

छापले मात्रै माग धान्न नसकेपछि इर्खु लगायत आसपासका गाउँबाट पनि संकलन केन्द्रमा तरकारी ल्याउने गरिएको वडा न ५ का सदस्य कोमलबहादुर श्रेष्ठले बताउनुभयो । तरकारी संकलन केन्द्र खुलेपछि व्यवसायिक तरकारी खेतिमा लाग्ने किसानको सङ्ख्या पनि बढेको छ । तरकारी फलाएर राम्रो आम्दानी हुने भएपछि किसान खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology