Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आँपको रुखबाट लडेर महिलाको मृत्यु


721
Shares

आँपको रुखबाट लडेर महिलाको मृत्यु

डडेलधुरा, ३ साउन । आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। डडेलधुरा भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो ।

मंगलबार दिउँसो साढे १ बजेतिर भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रम रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो ।

रुखबाट लडेर मृत्यु भएकी रुपाको शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology