Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मृग ठानेर आफ्नै साथीको हत्या,बगरमा शव फेला


973
Shares

मृग ठानेर आफ्नै साथीको हत्या,बगरमा शव फेला

काठमाडौं, २५ असार । मृग ठानेर आफ्नै साथीको हत्या भएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफैसँग गएको साथी दिप्सन प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१८ वर्षीय दिप्सन साथीहरुसँगै मृग मार्न जंगल गएका थिए । घटना असार २२ गते रातिको हो । साथीको मृत्यु भएपछि अखुवा खोला बगरमा पुरेर फर्किएका रहेछन् ।

मानिस हराएको सूचना पाए लगत्तै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । खोला बगरमा पुरीएको अवस्थामा प्रधानको शव फेला पारेर परीक्षणका लागि प्रहरीले जिल्ला अस्पतालमा ल्याएको छ । मृतकका आफन्तले दीप्सन हराएको सुचना हिजो मात्रै प्रहरीलाई दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology