जनकपुरधाम,२२ असार । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतो भनिने अर्जुन महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शुक्रबार दिउँसो घरायसी झग्डाको कारण आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी श्रीमान्ले हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो ।
महतोले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।