Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु


1.2K
Shares

गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

सुर्खेत,२१ असार । गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलास्थितमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको हो ।

दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युत्को पोल सर्पोटको लागि छेउमा गाडिएको तार९स्टे० मा छुइँदा करेन्ट लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो । ‘१८, २० जना सवार रहेकोमा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेको छन ।’ उहाँले भन्नुभयो, ‘घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology