काठमाडौं, १६ असार । आमा छोरी मृत अवस्थामा फेला परेका छन् । मौलापुर नगरपालिका(४ पतौराका २४ वर्षीया महिला र उनकी २ वर्षीया छोरी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया कविता देवी साह र उनकी २ वर्षिया छोरी आरूही कुमारी साह घरमै मृत फेला परेका हुन् । मृत बालिकाको लास पङ्खामा झुन्डयाइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढीमा फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताउनुभयो ।
उक्त घटना हत्या वा आत्महत्या हो यकिन गर्न गाह्रो भएको र थप अनुसन्धान भरहेको प्रहरी उपरीक्षक बुढामगरले बताउनुभयो । मृतक कविताका श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह परिवारसहित घटनापछि फरार रहेका छन् । माधव नारायण नगरपालिका(५ मिठुअवा माइतीघर भएकी कविताका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीयले फोनमार्फत जानकारी गराएको र जानकारी पाउने बित्तिकै प्रहरीले खबर गरेको उहाँले बताउनुभया ।
छोरी र ज्वाइँबीच पटक(पटक विवाद भइरहेको र मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार ज्वाइले कहिले नगद, पलङ्ग, सुनको औठी र सिक्री माग्दै आएका थिए। पटकपटक यहीँ निहुमा ज्वाइले छोरीलाई कुटपिट गर्ने गरेकोबताउनुभयो ।उहाँले छोरीले आत्महत्या नगरेको र ज्वाईं र सम्धीसहितका व्यक्ति मिलेर हत्या गरेको बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।