Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नुहाउने क्रममा सेती नदीमा डुबेर ३८ वर्षीय युवकको मृत्यु


1.1K
Shares

नुहाउने क्रममा सेती नदीमा डुबेर ३८ वर्षीय युवकको मृत्यु

डोटी, २८ जेठ । डोटीस्थित सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पूर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३८ वर्षीय तेज बहादुर खड्काको सेतीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिपायल सिलगढी नगरपालिका–२ स्थित पक्की पुलनजिक सेती नदीमा नुहाउने क्रममा खड्का बेपत्ता भएका थिए । लाका प्रहरी कार्यालय दिपायलको टोली र स्थानीयले उनको शव एक किलोमिटर तल घोल्तडामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology