काठमाडौं, २८ जेठ । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आइतबार अपराह्न ४ बजे पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
हेलम्बु गाउँपालिका —६ का १३ वर्षीय अजय तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको हो।
बालक इष्टपोइन्ट एकेडेमीमा कक्षा ५ मा अध्ययनरत रहेको हेलम्बु गाउँपालिका—४ का वडा अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिनुभयो।
शव पोस्टमर्टमको लागि मेलम्ची अस्पताल लैजाने तयारी भइरहेको वडाध्यक्ष तामाङले बताउनुभयो।