Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

धारिलो हतियार प्रयोग गरी दम्पतीको बीभत्स हत्या


1.4K
Shares

धारिलो हतियार प्रयोग गरी दम्पतीको बीभत्स हत्या

काठमाडौं, २३ जेठ । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ।

प्रतापपुर वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको हो । प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए।

सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ। हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो। खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology