Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

वरिष्ठ प्रहरी हवल्दार मृत फेला


1.1K
Shares

वरिष्ठ प्रहरी हवल्दार मृत फेला

ताप्लेजुङ, २१ जेठ । वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन् । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका हुन्।
सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए। मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology