Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गण्डकी प्रदेशले आज नीति कार्यक्रम सार्वजनिक गर्ने


1K
Shares

गण्डकी प्रदेशले आज नीति कार्यक्रम सार्वजनिक गर्ने

पोखरा, २१ जेठ । पोखरा गण्डकी प्रदेश सरकारले आगामी आव २०८०–८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको बताउनुभयो । सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुपूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology