Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ


1.3K
Shares

आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

ईलाम, २० जेठ । आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका–२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमालले आफ्नै बुवा लोकबहादुर कुमाललाई कुटपिट गरेर हत्या गरेको प्रहरी जनाएको छ ।

जेष्ठ ८ गते अंश बण्डाको विषयमा बाउ छोरा विवाद हुदा दिपकले बुवालाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । घाईते लोकबहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीको टोलीले दिपकलाई पक्राउ गरेको हो । घटका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology