Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गण्डकीका मुख्यमन्त्री र पोखराका मेयरलाई विपक्षी बनाएर उच्च अदालतमा रिट


2.2K
Shares

गण्डकीका मुख्यमन्त्री र पोखराका मेयरलाई विपक्षी बनाएर उच्च अदालतमा रिट

पोखरा, १८ जेठ । पोखरा फेवातालको सिमसार क्षेत्र पुरिने क्रम बढेपछि उक्त कार्य रोक्न अदालतमा रिट परेको छ । अधिवक्ता मनोज घर्ती मगरले उच्च अदालत पोखरामा सीमसार संरक्षणको माग सहित रिट दायर गरेका हुन् । उनले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

रिटमा मुख्यमन्त्री पाण्डेसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा मन्त्रालयका मन्त्री दीपेन्द्र बहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेश तथा प्राधिकरणका प्रमुख कल्पना देवकोटा, पोखराका मेयर धनराज आचार्यलाई विपक्षी बनाइएको छ ।

रिटको पेशी आज छ । तीनै तहका सरकारले सर्वोच्च अदालतको फैसला अनुसार काम गरेका छैनन् । फेवाताल सहित ९ ताल समेटेर यहाँको सीम क्षेत्रलाई रामसार सुचीमा राखिएको छ । सरकारका नेतृत्वले आफ्नो कर्तव्य पूरा नगरेका कारण तालको संरक्षण र संवर्द्धन हुन नसकेको आरोप छ ।

तालको सिरानतिर अहिले धमाधम सीम पुरेर घडेरी बनाउने क्रम बढेको छ । कृषि जमिन सम्याउने नाममा प्लटिङ गर्ने उद्देश्यले तालको सीमसार क्षेत्र पुर्न लागिएको रिटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology