Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

एनएमबी बैंकको शाखा नै लुटियो


1.8K
Shares

एनएमबी बैंकको शाखा नै लुटियो

काठमाडौं, १६ जेठ । महोत्तरीमा अज्ञात समुहले बैंक लुटेका छन् । हातहतियार सहित पुगेको समुहले मोहत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा लुटपाट गरेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ५र६ जनाको समुहले बैंकमा रहेको ३८ लाख रुपैयाँ लुटेर फरार रहेको खुलेको छ ।

मंगलवार साढे १२ बजेतिर नकावधारी समुह बैंक छिरेको थियो । बैंकले दिएको जानकारी अनुसार ३८ लाख रुपैयाँ लिएर फरार भएको भनिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,ु मधेश प्रहरी प्रदेशका एसएसपी महेन्द्रकुमार श्रेष्ठले भन्नुभयो।

बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटेपछि उनीहरु मोटरसाइककलमा बसेर भागेका थिए। प्रहरीले अहिले भारतीय सीमा नाकादेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ । अहिले प्रदेश प्रहरी कार्यालयमाबाट एसएसपी सहितको टोली घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology