Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

घाँस काट्न गएका आमा–छोराको भिरबाट लडेर मृत्यु


2.9K
Shares

घाँस काट्न गएका आमा–छोराको भिरबाट लडेर मृत्यु

काठमाडौँ,१६ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा घाँस काट्न गएका आमा छोराको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा छोराको मृत्यु भएको धादिङका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन चेपाङ छन् । सोमबार साढे ५ बजे घाँस काट्ने क्रममा पिठ्युँमा बोकेको छोरासहित अप्सरा लडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अप्सरा गर्भवती पनि थिइन् ।

आमा र बच्चाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल धादिङमा ल्याएको एसपी मिश्रले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology