Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका २३ हजयात्रीलाई बिदाई


1.5K
Shares

गोरखाका २३ हजयात्रीलाई बिदाई

गोरखा, १५ जेठ । गोरखाबाट हजका लागि जान लागेका यात्रीहरुलाई जिल्ला प्रशासन कार्यालय गोरखाले बिदाई गरेको छ । जिल्ला प्रशासनको आयोजनामा आज एक कार्यक्र्रम गरी हज यात्रामा जान लागेका यात्रीहरुलाई फुलको गुच्छाका साथ शुभकामना दिदै बिदाई गरिएका हुन् । साउदी अरबको मक्का मदिनामा हजका लागि यसवर्ष गोरखाबाट महिला पुरुष गरि २३ जनाले फारम भरेका थिए ।

जसमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ बह्रौ महिना ‘जुल हिज्जा’को अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ । आफनो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पुर्णरुपमा ऋणहरु चुक्ता गर्ने पर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।

हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्काको ७ (तवफ) चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्नु पर्छ । हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय सदस्य रज्मदिन मियाँले बताउनुभयो ।

उहाँले आफुहरुले हज यात्राका लागी दिएको खर्चबारे पारदर्शिता हुनु पर्ने बताउनुभयो । ‘हामी सँय पैसा उठाइन्छ त्यो पैाि कुन शिर्षकमा कति खर्च हुन्छ हामीलाई जानकारी गराइदैन’ उहाँले भन्नुभयो, ‘यसमा पारदर्शिताको कमी छ त्यो हुनु प¥यो ।’ उनीहरु जेठ १८ गते हज यात्राका लागी प्रस्थान गर्नेछन् । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाको प्रमुख आतिथ्यतामा भएको बिदाई कार्यक्रममा गोरखा नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालयका एसपी अनुपम श्रेष्ठलगायतले हज यात्रीलाई शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology