Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु


1.1K
Shares

ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

काठमाडौं, १४ जेठ । काठमाडौंको कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो काठमाडौं महानगरपालिका—१४ कलंकी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सु.प.प्रदेश ०१—००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२—००४ प ४७०३ नम्बरको स्कुटर ठोक्किएका थिए। दुर्घटना हुँदा स्कुटरमा सवार तनहुँ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology