Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

मोटरसाइकल दुर्घटनामा १८ वर्षीय युवकको मृत्यु


1.3K
Shares

मोटरसाइकल दुर्घटनामा १८ वर्षीय युवकको मृत्यु

पोखरा, ९ जेठ । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्। मंगलबार बिहान भएको दुर्घटनामा परी घाइते भएका काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी मोटरसाइकलको पछाडि बसेका थिए।

चालक तनहुँको म्याग्दे गाउँपालिका—४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ। पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology