गोरखा, ९ बैशाख । पश्चिमी बायुको प्रभावले लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आज बर्षाको सम्भावना रहेको जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यति वेला लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।
त्यस्तै कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि बिहानैदेखि सामान्य बदली रहेको छ।
यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।