अर्घाखाँची, ५ जेठ । अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्युभएको छ । पोलबाट खसेर अर्का एक घाइते भएका छन् । सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको पोलमा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा किमडाँडाकै ३६ वर्षीय कृष्णबहादुर राना पोलबाट खसेर गम्भीर घाइते हुनुभएको थियो ।
उहाँको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको प्रहरीले जनाएको छ । अर्का घाइते किरन रानाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक डीएसपी मुकुन्द रिजालले बताउनुभयो ।