Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

नाकको प्वालमा लुकाएर लागुऔषध तस्कर गर्ने एक जना पक्राउ


924
Shares

नाकको प्वालमा लुकाएर लागुऔषध तस्कर गर्ने एक जना पक्राउ

काठमाडौँ, २९ बैशाख । नाकको प्वालमा लागुऔषध लुकाएर तस्करी गर्दै गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बर्दियाको बढैयाताल–८ कण्ठपुरबाट गुलरिया नगरपालिका बस्ने बब्लु राढलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट नाकको प्वालमा सेतो प्लास्टिकको पुडियामा राखिएको २८० ग्राम खैरो रङको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ ।

राढलाई बिहीबार बर्दिया जिल्ला अदालतमा पेस गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology