Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

बेपत्ता भएको ११ दिनपछि शव फेला


1.3K
Shares

बेपत्ता भएको ११ दिनपछि शव फेला

तनहुँ, २९बैशाख । तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला परेको छ । व्यास नगरपालिका वडा नम्बर ९ गजौडे बस्ने ५९ वर्षीय सुरेश कुमार गुरुङको शव फेला परेको हो ।

गुरुङ वैशाख १७ गते बेलुकीदेखि हराइरहेकामा बिहीबार बिहान सुदेखोला सात बिसे सामुदायिक बनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उहाँको भिरबाट लडेर १११ फिट तल खसेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । घाँस काट्न भनेर गएका उनी हराएपछि परिवारले प्रहरीमा खबर गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology