चितवन,२८ वैशाख । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ । वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका(४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए ।
परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर(१०मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् । विद्यार्थीहरुले शिक्षकले तनाव दिएको र सो तनावकै कारण आत्महत्या गरेको आरोप लगाएका छन्। घटनाको विषयलाई लिएर विद्यार्थीहरुले डेन्टलको ओपीडी सेवा बन्द गरेका थिए । कलेजले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको र अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्वन गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले घटनाको विषयमा पीडित पक्ष, कलेज प्रशासनसँग बसेर सहमती भएको बताउनुभयो। उहाँले घटना पछि परिवारजनले थापाको शव बुझेको जानकारी दिनुभयो ।