Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

डढेलो निभाउने क्रममा मृत्यु भएका चारै जनाको सामूहिक दाहसंस्कार


2.2K
Shares

डढेलो निभाउने क्रममा मृत्यु भएका चारै जनाको सामूहिक दाहसंस्कार

अर्घाखाँची,२८ बैशाख । डढेलो निभाउने क्रममा जलेर मृत्यु भएका अर्घाखाँचीका चार जनाको बिहीवार सामूहिक अन्त्यष्टि गरिएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी ३५ वर्षीय पदम बेल्बासे, ७२ वर्षीय पिताम्बर भुसाल, ५२ वर्षीय घनश्याम बेल्बासे र ३६ वर्षीय माधव बेल्बासेको खाकावेसी खोलामा सामूहिकरुपमा अन्तिम दाहसंस्कार गरिएको हो ।

शोकमा डुबेको भूमिकास्थानका सयौं स्थानीय दाहसंस्कारमा सहभागी थिए । जलेर गम्भीर घाइते चारै जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । घाइते २५ वर्षीया संगीता बेल्बासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ । ​मृतकका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनही ५० हजार रूपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

यस्तै भूमिकास्थान नगरपालिकाले पनि मृतकका परिवारलाई जनही ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । भूमिकास्थान २ को तिरतिरे खोला किनारको जंगलमा मंगलवार दिउँसो आगो लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology